काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि बुधबार ४० अर्ब बराबर तरलता खिच्ने भएको छ । राष्ट्र बैंकले निक्षेप संकलन उपकरण बोलकबोल मार्फत २१ दिनका लागि तरलता खिच्न लागेको हो ।
निक्षेप संकलन दरमा स्थायी निक्षेप सुविधा दिएको केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण बोलकबोल मार्फत पनि तरलता खिचिरहेको छ । बुधबार बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ–ब्याज २३ माघमा भुक्तानी हुनेछ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।