7.1 C
Kathmandu

प्रतिनिधिसभामा विश्वासको प्रस्ताव बहुमतले अस्वीकृत, दाहाल पदमुक्त

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाको बैठकमा पेश गरेको विश्वासको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । योसँगै दाहाल पदमुक्त भएका छन् ।
प्रधानमन्त्री दाहालद्वारा नेपालको संविधान २०७२ को धारा १०० को उपधारा (२) बमोजिम प्रस्तुत प्रस्तावमाथि बैठकमा भएको मतदानको परिणाम घोषणा गर्दै सभामुख देवराज घिमिरेले सभामा तत्काल कायम रहेको सङ्ख्याको बहुमतले सो प्रस्ताव अस्वीकृत भएको बताए ।
शुक्रबार प्रतिनिधिसभामा उपस्थित दुई सय ५८ सदस्य मध्ये प्रधानमन्त्री दाहालको विश्वासको मतको प्रस्तावका पक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सांसदको गरी जम्मा ६३ मत परेको थियो भने विपक्षमा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी (जसपा) नेपाल र जनता समाजवादी पार्टीलगायत दलका गरी एक सय ९४ मत खसेको थियो । मतदानमा एक सदस्य तटस्थ रहेका थिए ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार