8.1 C
Kathmandu

लघु वित्तीय समस्या अध्ययन समितिद्वारा प्रतिवेदन सार्वजनिक

नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाको समस्या समाधानका लागि अध्ययन गर्न एक गठन गरेको समितीले अन्तिम प्रतिवेदन सार्वजनिक गरेको छ । आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठको संयोजकत्वमा दुईजना विज्ञ सदस्य, लघुवित्त बैंकर्स एसोसिएसनका अध्यक्ष प्रकाशराज शर्मा, बैंक तथा वित्तीय संस्था नियमन विभागका एक निर्देशक, लघुवित्त वित्तीय संस्था सुपरिवेक्षण विभाग, संघका सदस्य सम्मिलित सात सदस्य समितिले असार मसान्त सम्म प्रतिवेदन बुझाउने भनिएपनि असोजको मसान्तमा गभर्नर महाप्रसाद अधिकारीलाई प्रतिवेदन बुझाएको हो।

अध्ययन समितिले नेपाल राष्ट्र बैंकका गभर्नरलाई बुझाएको प्रतिवेदनअनुसार लघुवित्त संस्थाहरुमा समस्याको कारण उच्च कर्जा विस्तार र बहुबैंकिङ रहेको छ ।अध्ययन समितिले छिमेकी भारतमा लगायत अन्तराष्ट्रिय क्षेत्रमा देखा परेका वित्तिय संकटहरुलाई आधार मानेर नेपालमा देखिएको समस्याको पहिचान, अध्ययन तथा विश्लेषण गरेको छ।

अध्ययन समितिले सार्वजनिक गरेको प्रतिवेदनको पूर्ण पाठ –

[embeddoc url=”https://nepaliartha.com/wp-content/uploads/2023/11/Laghubitta-compressed.pdf” download=”all” viewer=”google”]

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार