8.1 C
Kathmandu

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसद्वारा संघिय संसदका दुवै सदनलाई सम्बोधन

काठमाण्डौ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मंगलबार संघीय ससंद्को दुवै सदनलाई सम्बोधन गरेका छन्। सम्बोधनका क्रममा महासचिव गुटेरेसले नेपाल परिवर्तनको बाटोमा निरन्तर अघि बढिरहेको बताएका छन। महासचिव गुटेरेसले नेपालको  शान्ति प्रक्रिया अन्तिम चरणमा रहेको बताउदै सङ्क्रमणकालीन न्यायको माध्यमबाट युद्धको घाउ निको पार्ने प्रक्रियामा रहेको नेपालको सहज संक्रमणलाई संयुक्त राष्ट्रसंघले समर्थन गर्ने बताएका छन्। 

‘प्रश्नहरू र अन्यायद्वारा त्रसित पीडित व्यक्ति, परिवार र समुदायलाई शान्ति दिने र विगतलाई पूर्णबिराम दिन मद्दत गर्ने प्रक्रिया हुनुपर्छ । सङ्क्रमणकालीन न्यायले दिगो शान्ति कायम गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ । तर यो सजिलो भने छैन । स्वभावतः यो एक नाजुक र जटिल प्रक्रिया हो,’ महासचिव गुटेरेसले भने।सङ्क्रमणकालीन न्यायको केन्द्रमा  पीडितहरुलाई राख्दै यसलाई समावेशी बनाउन सके सफलताको सबैभन्दा ठूलो सम्भावना हुने बताए।

सम्बोधनका क्रममा महासचिव गुटेरेसले भने,’जब यो सत्य, क्षतिपूर्ति र न्यायमा केन्द्रित हुन्छ । त्यतिमा मात्र होइन जब महिलाहरू पूर्ण रूपमा सहभागी हुन्छन् । यसका अतिरिक्त जब मानवाधिकार उल्लङ्घनका सबै पीडितहरूले अर्थपूर्ण समाधान पाउन सक्छन् ।नेपालमा प्रगति र समाधान खोज्ने प्रयासलाई म स्वागत गर्दछु ।तपाईँहरू एक्लो हुनुहुन्न ।’

‘भविष्यमा सिन्धु, गंगा र ब्रह्मपुत्र जस्ता हिमालयका प्रमुख नदीहरूको बहाव अत्यन्तै सीमित हुनेछ । नुनिलो पानीको अतिक्रमणसँगै यसले यस क्षेत्र र बाहिरका डेल्टाहरूलाई नष्ट गर्नेछ । यसको अर्थ तल्लो समुदायहरू र सम्पूर्ण देशहरू सदाका लागि मेटिन सक्छन्,’ महासचिव गुटेरेसले भने,’लाखौँ मानिसहरू सर्नुपर्ने हुन्छ । पानी तथा जमिनको लागि भयंकर प्रतिस्पर्धा हुनेछ ।’

जलवायु परिवर्तनको परिणामस्वरूप यो देशमा डरलाग्दो अन्याय भइरहेको उनले बताए । ‘जलवायु संकटको क्रूर प्रभावको सामना गरिरहेका नेपालका ती समुदायहरूप्रति म अति चिन्तित छु । संयुक्त राष्ट्रसंघ उनीहरुको साथमा छ । विश्वले पनि यस्तै गर्नुपर्छ । नेपाल र अन्य विकासोन्मुख देशहरूको विकासमा सहयोग गर्न, जलवायुसम्बन्धी कार्यलाई तीव्रता दिन र हालको वैश्विक संकटको सामना गर्न धेरै ठूलो अन्तर्राष्ट्रिय सहयोग चाहिन्छ,’ उनले भने ।

महासचिव गुटेरेसले संघिय संसदमा गरेको सम्बोधनको पूर्ण पाठ-

[embeddoc url=”https://nepaliartha.com/wp-content/uploads/2023/10/guteres.pdf” download=”all” viewer=”google”]

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार