8.1 C
Kathmandu

३३ औँ विश्व स्तनपान सप्ताह मनाइयो 

मोरङ ।  सहयोगी हातहरुको समूह (सहास) नेपालले मेनोनाइट सेन्ट्रल कमिटी (एमसिसी) सँगको साझेदारीमा सञ्चालित IFNS परियोजनाको माध्यमबाट जहाँदा गाउँपालिकाको समन्वयमा ३३औँ विश्व स्तनपान सप्ताह मनाएको छ।
स्थनपानलाई प्राथमिकता दिऔं दिगो समर्थन प्रणाली विकास गरौं भन्ने नाराका साथ मनाइएको विश्व स्तनपान सप्ताहमा आमाहरू, स्थानीय बासिन्दाहरू, महिला स्वास्थ्य स्वयंसेविका (FCHVs) र स्थानीय जनप्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रह्यो।
सप्ताहव्यापी कार्यक्रममार्फत स्तनपनको महत्त्व, आमा र शिशुको स्वास्थ्य तथा पोषणमा यसको सकारात्मक प्रभावका विषयमा जनचेतना फैलाइएको थियो।
कार्यक्रमका वक्ताहरूले जीवनको सुरुवाती ६ महिनासम्म माताको दूध मात्रै खुवाउनुपर्ने सन्देशमा जोड दिए। स्तनपनले बालबालिकालाई विभिन्न रोगहरूबाट बचाउने, मानसिक तथा शारीरिक विकासमा सघाउने र आमाको स्वास्थ्यमा समेत योगदान गर्ने बताइएको थियो।
उक्त अवसरमा स्थानीय महिला स्वास्थ्य स्वयंसेविकाहरूले समुदायमा आमाहरूसँग साक्षात्कार गर्दै सही तरिकाले स्तनपान गराउने तरिका, स्तनपनसम्बन्धी मिथक र यथार्थका विषयमा जानकारी दिएका थिए।
कार्यक्रमले समुदायमा आमाको दूधलाई ‘बच्चाको पहिलो खोप’ भनेर चिनाउने महत्त्वपूर्ण भूमिका खेलेको स्थानीय सहभागीहरूले बताएका छन्।
सप्ताह समापनमा जहाँदा गाउँपालिकाका जनप्रतिनिधिहरूले स्तनपान प्रवर्द्धनका लागि स्थानीय सरकार सधैँ प्रतिबद्ध रहेको जनाए।

थप समाचार

ताजा समाचार