15.1 C
Kathmandu

`बनौँ विनम्र´

हाँसो छ ओठबिचमा अति मन्द सुस्त ,
मुस्कानबाट रिस मर्छ भई विनष्ट ,
हाँसेर मित्र जनमा गर है भरोसा ,
होओस् मिलाप सबमा नबढोस् निराशा ।१
मुस्कान होस् वचनमा सुख शान्ति मल्ला ,
मिल्छन् भला जन सबै जति छन् उपल्ला ,
उत्कृष्ट प्रेममय बोल छ नित्य राम्रो ,
बोलोस् नहोस् घुसघुसे गजधम्म चाम्रो ।२
बुझ्दैन लोक कसको गुण दोस कस्तो ,
हेर्दा त लाग्छ निज स्वार्थ बढेछ जस्तो ,
बोल्दा विनम्र नभए हुन जान्छ नास ,
बोली नहोस् विरसिलो त्यसमै सुवास ।३
हल्ला लगायत लडाइँ गरेर ज्यादा ,
तोडेर मित्र जनको गतिलो इरादा ,
घाटा बढी छ त्यसमा र अशान्ति आधा ,
शत्रुत्वको उदयमा क्षतिको छ बाधा ।४

*(वसन्ततिलका छन्द)

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार