26.1 C
Kathmandu

आज प्रधानमन्त्री पुष्प कमल दाहालले चौथो पटक विश्वासको मत लिने

काठमाडौ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज लागि तय भएको प्रतिनधिसभाको बैठकमा चौँथो पटक विश्वासको मत लिँदैछन्। संघीय संसद् सचिवालयले यसका लागि आवश्यक तयारी गरिसकेको छ। प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने कार्यसूची छ।

प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नु पर्दछ ।

यही फागुन २१ गते सत्ता गठबन्धनमा परिवर्तन भएसँगै जनता समाजवादी पार्टी नेपालले २०८१ वैशाख ३१ गते संविधानको धारा ७६ को उपधारा (२) बमोजिमको प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । जनता समाजवादी पार्टी नेपालले प्रधानमन्त्रीलाई दिएको विश्वासको मत फिर्ता लिएपछि आज पुनः प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन्।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका दाहाल २०७९ पुस १० गते प्रधानमन्त्रीमा चयन भएका थिए। त्यस यता अहिले सम्म प्रधानमन्त्री दाहालले संघिय संसद मार्फत तिन पटक विश्वासको मत लिई सकेका छन्।

नेपाल कम्युनिष्ट पार्टी (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी,नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र जनता समाजवादी पार्टीलगायतको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले यस अघि तेश्रो पटक विश्वासको मत लिदा १५६ जना प्रतिनिधिसभा सदस्यको विश्वासको मत प्राप्त गरेका थिए।

यही फागुन २१ गते गठबन्धन परिवर्तन भएपछि साविकको सत्ता सहयात्री नेपाली कांग्रेस प्रतिपक्षमा पुगेको छ भने नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी (अशोक राई) र नेकपा (एकीकृत समाजवादी) सहितको पाँच दल अहिले सरकारमा रहेका छन्। यसैगरी नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी नभए पनि उसले वर्तमान सरकारलाई समर्थन जारी राखेको छ।

नयाँ गठबन्धनको समर्थन प्राप्त गरेका प्रधानमन्त्री दाहालले आज प्रतिनिधिसभामा विश्वासको मत लिन लागेका हुन्। गठबन्धनमा आबद्ध दलले प्रधानमन्त्रीलाई विश्वासको मत दिन ह्वीपसमेत जारी गरिसकेका छन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ।

हाल प्रतिनिधिसभामा सत्ता पक्षमा एमालेका ७८, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २१, जनता समाजवादी पार्टी नेपालका अशोक राई पक्षका ७, एकीकृत समाजवादीका १० सांसद छन भने नागरिक उन्मुक्ति पार्टीका ४ जना सदस्य रहेका छन्।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार