23.1 C
Kathmandu

लायन्स क्लब अफ काठमाडौँ सहयात्रीको अध्यक्षमा अनिल भण्डारी निर्वाचित

काठमाडौँ । लायन्स क्लब अफ काठमाडौँ सहयात्रीको अध्यक्षमा अनिल भण्डारी निर्वाचित भएका छन ।क्लबको निर्वाचनबाट वर्ष २०२४/२५ का लागि भण्डारी अध्यक्षमा निर्वाचित भएका छन ।

त्यसैगरी क्लबको प्रथम उपाध्यक्षमा सुशील फुँयाल, सचिवमा असिम पोखरेल र कोषाध्यक्षमा डा प्रदीप सिंह चयन भएका छन् ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष भण्डारीले आफ्नो भावी योजना प्रस्तुत गर्दै समाजसेवाको क्षेत्रमा क्लबलाई अग्रणी स्थानमा राख्ने प्रतिवद्धता व्यक्त गरेका थिए । अग्रजसँग सल्लाह लिँदै निस्वार्थ समाजिक कार्यमा निरन्तर लाग्ने उनको भनाई थियो ।

कार्यक्रममा लायन्स क्लब इन्टरनेशनले  ३२५ जे को मिडिया चिफ बिकल गिरीले विजयी उममेदवारलाई बधाइ एवम् शुभकामना दिनू भएको थियो । 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार