26.1 C
Kathmandu

एसिया प्यासिफिक स्कुलले सम्पन्न गर्यो अभिभावक अभिभुखिकरण कार्यक्रम 

काठमाडौं । काठमाडौंको टोखामा रहेको एसिया प्यासिफिक स्कुलले नयाँ शैक्षिक सत्रको अवसर पारेर अभिभावक अभिभुखिकरण कार्यक्रम आयोजना गरेको छ । आइतवारबाट नयाँ शैक्षिक सत्रको कार्यक्रम शुरु गर्न लागेको यस विद्यालयले अभिभावकहरूको लागि अभिभुखिकरण कार्यक्रम आयोजना गरेको हो ।

टोखा नगरपालिका धापासीमा रहेको यस विद्यालयले शैक्षिक सत्र २०८१ ८२ का लागि भर्ना कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि योग तथा मोटिभेसन प्रशिक्षक डा. राजु अधिकारीले अभिभावकहरूलाई आफ्ना बालबालिकालाई सत्मार्गमा लगाउन उचित संस्कार दिनु पर्ने बताउनु भयो । घर बालबालिकाको पहिलो विद्यालय रहेको भन्दै डा. अधिकारीले भन्नुभयो, हामी अभिभावकले देखाउने व्यवहार र निभाउने आचरणले बालबालिकामा कस्तो संस्कार विकास हुन्छ भन्ने कुरा निर्धारण गर्छ । त्यसैले हामी अभिभावकले सही संस्कार देखाउनु पर्छ । 

कार्यक्रममा विद्यालयका प्रबन्ध निर्देशक प्रदिपराज अधिकारीले बालबालिकाको समग्र विकासका लागि विद्यालय व्यवस्थापन समूह र अभिभावक दुवैले मिलेर अगाडि बढ्नु पर्ने बताउनु भयो । 

विद्यालयका प्रधानध्यापक रमेश घिमिरेले विद्यालयले शिक्षासँगै बालबालिकाको समग्र क्षेत्रको विकासका लागि काम गरिरहेको बताउँदै तीन वर्षको अवधिमा अभिभावकबाट पाएको विश्वास र भरोसाकै कारण आजको अवस्थामा आइपुगेको बताउनु भयो । प्रधानध्यापक घिमिरेले भन्नुभयो, हामीले काठमाडौं विश्वविद्यालयसँगको सहकार्यमा शिक्षकहरूको क्षमता विकासका लागि काम गरिरहेका छौ । बालबालिकालाई शिक्षासँगै अन्य विविध पक्षमा सघाउँदै आइरहेका छौ । जसले गर्दा हामीले प्रदान गर्ने शिक्षाको गुणस्तर पनि राम्रो छ भन्ने विश्वास दिलाउन चाहन्छु । 

कार्यक्रममा प्रधानध्यापक घिमिरेले विद्यालयले आगामी वर्षका लागि विभिन्न १० वटा शैक्षिक विकासका कार्यक्रम लिएको बताउँदै त्यसलाई व्यवहारिक रुपमा लागू गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । 

तीनवर्षे अगाडि देखि सञ्चालनमा आएको एसिया प्यासिफिक विद्यालयले हाल प्ले ग्रुप देखि कक्षा १२ सम्म अध्ययन अध्‍यापन सञ्चालन गर्दै आइरहेको छ । 

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार