23.1 C
Kathmandu

मुख्यमन्त्री जम्कट्टेलले तेस्रो पटक लिए विश्वासको मत

मकवानपुर। बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तेस्रो पटक विश्वासको मत पाएका छन् । सोमबार बागमती प्रदेश सभा बैठकमा जम्कट्टेलले आफूलाई प्रदेश सभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा ५६ जनाले मतदान गरे ।

आजको प्रदेश सभामा १०८ जना सदस्य सहभागी थिए । माओवादी केन्द्रका २१, नेकपा एमालेका २७, नेकपा एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका १ जना सांसदले जम्कट्टेललाई विश्वासको मत दिएका थिए । नेपाली कांग्रेस र नेपाल मजदुर किसान पार्टीका ३७ सांसदले विपक्षमा मतदान गरेको थिए । राप्रपाका १५ सांसद तटस्थ बसेका थिए ।

२५ पुस २०७९ मा मुख्यमन्त्री नियुक्त भएका जम्कट्टेलले सोमबार तेस्रो पटक विश्वासको मत लिएका हुन् । पहिलो पटक ३ माघ २०७९ मा विश्वासको मत लिंदा उनलाई प्रदेशसभाका ६ दलको समर्थन थियो । नेकपा एमाले सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि उनले दोस्रो पटक १० चैत २०७९ मा विश्वासको मत लिएका थिए । त्यतिबेला उनलाई प्रदेशसभाका ६७ जनाले समर्थन गरेका थिए ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार