काठमाडौं । लियो जिल्ला परिषद ३२५ जे नेपालको दोश्रो जिल्ला अधिवेशन पोखरामा सम्पन्न भएको छ। शनिवार पोखरास्थित सभागृहमा सम्पन्न परिषद बैठक तथा अधिवेशनले लायन वर्ष २०२४/२५ को लागि जिल्ला नेतृत्वमा लियो क्लब अफ काठमाडौं उपकारका पूर्व अध्यक्ष लियो सविन भट्टराई तथा उपाध्यक्षमा लियो क्लब अफ गोरखाका पूर्व अध्यक्ष लियो बालकृष्ण परियारलाई निर्वाचित गरेको छ।
करिब ३२ विभिन्न क्लबबाट १५० भन्दा धेरै लियो सहभागीतामा अधिवेशन सम्पन्न भएको बताइएको छ । अधिवेशनले आगामी वर्षको नेतृत्व सफलताका साथ छान्न सफल भएको जिल्ला प्रवक्ता लियो सुदीप राज फुँयालले जानकारी गराएका छन । निर्वाचित अध्यक्ष, उपाध्यक्षका साथै जिल्ला सचिवमा लियो क्लब अफ काठमाडौं मिलनका निवर्तमान अध्यक्ष लियो आशिष थापा र जिल्ला कोषाध्यक्षमा लियो क्लब अफ चौतारी पोखराका निवर्तमान अध्यक्ष लियो लिला बल्लभ अर्याल साथै अन्य विभिन्न पदाधिकारी मनोनित भएको र बाँकी रहेका अन्य पदाधिकारीहरू आगामी लायन वर्षको सुरुवात अगावै मनोनयन गरिसकिने प्रवक्ता फुँयालले जानकारी गराएका छन ।