भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका -२ मा रहेको भाटभटेनी मन्टेश्वरी स्कुलले ‘प्यारेन्ट्स डे’ सम्पन्न सम्पन्न गरेको छ । माननीय मेटमणि चौधरी, प्रमुख आतिथ्यमामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्दै माननीय चौधरीले संस्कार, संस्कृति र प्रविधि सहित प्रतिस्पर्धी शिक्षा प्रदान गर्न सफल भएकोमा बधाई तथा सफलताको शुभकामना व्यक्त गर्नुभयो । माननीय चौधरीले यो स्कुलले स्थानीय आवश्यकताको आधारमा अन्तराष्ट्रिय गुणस्तरको शिक्षा दिन सफल भएको बताउँदै यसले आफ्नो कार्यक्षेत्र र दायरा समेत बढाउन सफल हुने बताउनु भयो ।
कार्यक्रमका विशेष अतिथि बागमती प्रदेश माननीय सुरेश श्रेष्ठले यस स्कुलको शैक्षिक कृयाकलाप तथा अतिरिक्त कृयाकलाप दुवै उत्कृष्ट रहेको सुनेको बताउँदै प्रत्यक्ष रुपमा हेर्ने मौका पाउँदा खुसी लागेको बताउँदै स्कुलले नगरपालिकाबाट बाहिर पढ्न जाने विद्यार्थी रोक्ने विश्वास लिएको बताउनु भयो ।
चाँगुनारायण नगरपालिका-२ का वडाध्यक्ष सोम प्रधानले २ नम्बर वडामा रहेका स्कूलहरू मध्ये यो स्कूलले उत्कृष्ट शिक्षा प्रदान गरेको बताउँदै छोटो समयमै स्कुलले संख्यात्मक र गुणात्मक विकास गर्न सफल भएको बताउनु भयो । वडाध्यक्ष प्रधानले यस वडाका सरकारी स्कुलमा समेत यस्तै शैक्षिक गुणस्तर विकास गर्न यो स्कुलबाट सहयोग अपेक्षा राखेको बताउँदै आफू नगरपालिकाको शिक्षा समितिमा समेत रहेकोले आवश्यक सम्पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा चागुँनारायण नगरपालिका-२ का पूर्व वडा अध्यक्ष तथा नेपाली काग्रेस चाँगुनारायण सभापती शिवहरी के.सी., राप्रपा बागमती प्रदेश अध्यक्ष माधव खत्री, नेकपा (माओबादी) चाँगुनारायण नगर कमिटी अध्यक्ष नरेश खडका, चाँ.न.पा. वडा नं.२ वडा सदस्य उमेश प्रधान,सामुदायिक बिद्यालय अभिभावक संघ अध्यक्ष राम प्रशाद न्यौपाने, नेकपा एमाले प्रदेश सदस्य बिनोद केसि, नेकपा एमाले चाँ.न.पा. वडा नं.२ एकाई अध्यक्ष मनोज केसी, नेकपा एकिकृत समाजवादीका जिल्ला कमिटी सदस्य बासुदेव खडका, समाजसेवी नरेश खत्री, शिवराज केसी र शान्ता जोशी लगायतले विद्यालयको थप प्रगतिका लागि शुभकामना ब्यक्त गर्नु भएको थियो । कार्यक्रम स्कुलका अध्यक्ष अधिवक्ता अनिल आचार्यको सभापतित्वमा सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्दै स्कूलकी प्रिन्सीपल अनिता कार्कीले शिक्षा, संस्कार र प्रविधि सहितको शिक्षा प्रदान गर्ने, बालबालिकाको चौतर्फि बिकासमा ध्यान दिने बताउँदै आगामि शैक्षिक वर्ष २०८१ देखि पूर्व प्राथमिक र प्राथमिकको लागि अलग अलग भवनको ब्यवस्था गर्न लागेको बताउनु भयो ।
उक्त कार्यक्रममा २१ जना नानीबाबुहरू दीक्षित भएका थिए । उक्त अवसरमा विभिन्न कार्यक्रममा सफलता प्राप्त गर्ने विद्यार्थीहरूलाई पुरस्कार तथा मेडल बितरण गरिएको थियो । स्कूलका विद्यार्थिहरुले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।