23.1 C
Kathmandu

सुन तस्करी र सहकारी ठगिको आरोपित दीपेश पुन पक्राउ

काठमाडौं । सुन तस्करी र सहकारी ठगिको आरोपित दीपेश पुनलाई प्रहरीले शुक्रबार साँझ पक्राउ गरेको छ । उनलाई प्रहरी प्रधान कार्यालय, नक्सालबाट खटिएको टोलीले काठमाडौंको धापासिबाट पक्राउ गरेको हो । उनी पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा हुन ।

बिहीबार सुनसम्बन्धी जाँच आयोगले बुझाएको प्रतिवेदनमा पुनलाईअनुसन्धान नगरी सीआईबीले उन्मुक्ति दिएको उल्लेख गरिएको थियो । २ साउनमा बरामद ६० किलो सुन तस्करी प्रकरणका मुख्य आरोपी दावा छिरिङसँग दिपेशको व्यवासायीक साझेदारी र सम्बन्ध रहेको प्रमाण सार्वजनिक भएको थियो । तर सुन तस्करी प्रकरणमा प्रहरीले पुनसँग एक पटक सोधपुछ गरेपनि उनलाई अनुसन्धानको दायरामा ल्याएको थिएन ।

सुन तस्करी प्रकरणमा उनको सम्बन्ध देखिएपछि पुन छानबिनको दायरामा परेका थिए । तर, सीआईबीले गम्भीरतापूर्वक अनुसन्धान नगरी उनलाई उन्मुक्ति दिएको सुन जाँचबुझ आयोगको प्रतिवेदनमा पनि उल्लेख छ ।

बुटवलको सुप्रिम सहकारीको ठगी प्रकरणमा पनि पुनको नाम मुछिएको थियो । स्रोतका अनुसार पक्राउ परेका पुनलाई रुपन्देही लगिएको छ । पुनलाई सुन वा सहकारी कुन प्रकरणमा पक्राउ गरिएको हो भन्ने प्रहरीले स्पष्ट पारेको छैन ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार