26.1 C
Kathmandu

बन्धक बनाइएका विदेशी नागरिकहरूको  उद्धार 

काठमाडौं । जिल्ला प्रहरी परिसर प्रहरी काठमाडौं र वृत्त गौशालाको संयुक्त टोलीले काठमाडौं गौशाला स्थित एक घरबाट बन्धक बनाइएका ११ जना भारतीय नागरिकहरूलाई उद्धार गरेको छ । अमेरिका लैजाने भनेर बन्धक बनाउने कार्यमा संलग्न १० जनालाई पक्राउ गरि थप अनुसन्धान र आवश्यक कानुनी कारबाही अघि बढाइएको छ ।

गौशाला स्थित एक घरमा केही भारतीयले घर भाडामा लिई गैरकानूनी रुपमा भारतीय नागरिकहरूलाई नै बन्धक बनाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर प्रहरी काठमाडौं र वृत्त गौशालाको संयुक्त टोली उक्त घरमा प्रवेश गरी खानतलासी गरेको थियो । अनुसन्धानको क्रममा बन्धक बनाई जोखिमपूर्ण अवस्थामा रहेका ११ जना भारतीय नागरिकहरूलाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी भुपेन्द्र खत्रीका अनुसार, विशेष सूचनाका आधारमा काठमाडौं प्रहरीको टोलीले ‘अपरेशन डंकी’ चलाएर ११ जना भारतीय नागरिकलाई उद्धार गरेको हो ।

पक्राउ पर्नेमा भारतको मध्यप्रदेशका इन्दुसिंह यादव, रवी मेवाडे, पन्जाबको लुधियानाका अरुण सिंह, अशोक कुमार, मनिषकुमार मल्होत्रा, नयाँ दिल्लीको विष्णु गार्डेनका चरणजित सिंह, महिपालपुरका अब्दुल रहिम र राजस्थानका रामचन्द्र शर्मा छन् । उनीहरूलाई नक्कली कागजात बनाउन सहयोग गरेको आरोपमा एक नेपाली नागरिकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

एसएसपी खत्रीका अनुसार, पक्राउ परेकाहरूविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को अपहरण तथा शरीर बन्धक सम्बन्धी कसूर र मानवबेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अनुसार कारबाही प्रक्रिया अघि बढाइने बताइएको छ । 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार