24.1 C
Kathmandu

अमेरिकामा एक नेपाली युवा मानसिक सन्तुलन गुमाएको अवस्थामा भेटिए

काठमाडौँ । अमेरिकाको भर्जिनियामा एक जना नेपाली युवा मानसिक रुपमा अस्वास्थ्य अवस्थामा भेटिएका छन् । आफूलाई उमङ्ग दाहाल बताउने ती युवक मानसिक सन्तुलन गुमाएको  अमेरिकाको भर्जिनिया स्थित ग्यालोज रोड आसपास देखिने गरेको अमेरिकामा रहेका सञ्चारकर्मी सुरेश दर्पण पोखरेलले आफ्नो भिडियोमा उल्लेख गरेका छन् । नेपाली समुदायकै एक व्यक्तिले खिचेको उक्त भिडियोमा उनले  र्‍याप गाउँदै प्रश्नको जवाफ फर्काएका छन् । उक्त भिडियो अहिले टिक टक लगायतका सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । 

उक्त भिडियोमा उनले सातदोबाटो घर बताएका छन् । भिडियोमा उनले आफूलाई भोजराज दाहालको जेठो छोरा बताएका छन् । सञ्चारकर्मी पोखरेलले ती युवा लागु औषधको लतमा रहेको र उनको उद्धारका लागि नेपाली समुदायबाट पहल भइरहेको पनि उल्लेख गरेका छन् । पोखरेलका अनुसार उनी विद्यार्थी भिसामा अमेरिका गएको थाहा हुन आएको छ । 

अमेरिकामा रहेका पत्रकार नारायण पौडेलले ती व्यक्तिको आफन्तलाई पत्ता लगाउन सकिन्छ कि भन्दै उक्त भिडियो हामीलाई पठाएका थिए । 

टिकटकमा सार्वजनिक भएको उनको भिडियो हेर्नुहोसः

https://www.tiktok.com/@ramchandrachhetri3/video/7411776602452905234?_r=1&_t=8pX0dQr6kRz

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार