29.1 C
Kathmandu

पेट्रोलको मूल्य ४ रुपैयाँले बढ्यो, एक लिटर किन्न १७५ खर्चनुपर्ने

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले भोलि सोमबार राती १ बजेबाट लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँको दरले बढाएको छ ।

निगम सञ्चालक समितिको आइतबार बसेको बैठकले भारतबाट मूल्य बढेर आएकोले नेपालमा पनि बढाउनुपरेको उल्लेख गरेको छ ।

बढेको मूल्य अनुसार अब एक लिटर पेट्रोल किन्न १७५ रुपैयाँ खर्च गर्नुपर्ने भएको छ । निगमले भारतीय आयलत कर्पोरेसनबाट पेट्रोलमा ४ रुपैयाँ ७६ पैसाले बढेर आएकोले नेपालमा पनि मूल्य समायोजन भएको जानकारी दिएको छ ।

निगमका अनुसार मट्टिेलमा ३९ पैसा, हवाई इन्धनमा ३८ पैसा र ग्यासमा २७ रुपैयाँ ४४ पैसा घटेर आएको भएपनि ती इन्धनमा भने मूल्य घटबढ गरिएको छैन । निगका अनुसार अरु इन्धनको मूल्य यथावत राखिएको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार