23.1 C
Kathmandu

दुर्गा प्रसाईले मेडिकल कलेजको मुद्दा जित्दा साढे ५ अर्बको ऋण सुरक्षित, बैंक विरुद्धको आन्दोलन मत्थर हुने

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईले मेडिकल कलेजको मुद्दा जित्दा साढे ५ अर्ब रुपैयाँको ऋण समेत सुरक्षित हुने भएको छ । उनले यो मुद्दा जितेसँगै अब बैंकको ऋणको किस्ता तिर्न सहज हुने भएको छ भने उनको बैंक विरुद्धको आन्दोलन मत्थर हुने भएको छ ।

सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई बी एन्ड सी मेडिकल कलेज सञ्चालनको अनुमति प्रदान गर्न फैसला गर्दा बैंक तथा वित्तीय सस्थांलाई राहत मिलेको हो ।

सर्वोच्चका न्यायाधीश कुमार चुडाल र शारंगा सुवेदीको इजलासले रिट निवेदक प्रसाईंको पक्षमा निर्णय सुनाएको हो । उक्त फैसलाका कारण प्रसाईंले सञ्चालन गर्न लागेको एण्डसी पूर्वाञ्चल क्यान्सर अस्पताल र पाँच तारे ‘होटल एट्रियम’ लगायतमा दिएको ऋण नफस्ने भएको छ ।

प्रसाईंले नबिल, प्रभु, कुमारी, नेपाल इन्भेष्टमेन्ट मेगा, ग्लोबल आईएमई, राष्ट्रिय वाणिज्य बैंक, लुम्बिनी विकास बैंक र गुणविल फाइनान्स लगायतबाट ५ अर्ब ५७ करोड ३० लाख रुपैयाँ ऋण लिएका छन् ।

एण्डसी पूर्वाञ्चल क्यान्सर अस्पताल सन्चालन गर्न राज्यले शैदान्तिक सहमति दिएको र पछी सन्चालनका लागि अनुमती नदिँदा बैंकबाट लिएको ऋण तिर्न नसकेको बताउँदै आएका थिए । उनले बैंकबाट कर्जा लिँदा नै मेडिकल कलेज निर्माण गरेर विद्यार्थी पढाउन थालेपछी कर्जा भुक्तानी गर्न सुरु गर्ने शर्त राखेका थिए ।

अदालतले प्रसाईंका पक्षमा फैसला गरेपछि लगानी उठनेमा बैंकहरु ढुक्क हुने भएका छन् । उनले यस अघि बैंकविरुद्ध आगो ओकलेको पनि सरकारले पूर्वाधार बनाउन दिएको, सोही पूर्वाधार बनाउन बैंकबाट लिएको ऋण तिर्न नसकेको कारण हो ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार