29.1 C
Kathmandu

स्रोत नखुलेको १६ लाख नगदसहित पक्राउ

मोरङ । सशस्त्र प्रहरीले स्रोत नखुलेको १६ लाख १० हजार नगदसहित विराटनगरबाट एक जनालाई पक्राउ गरेको छ । प्रस्तावित सीमा सुरक्षा बल रानीको गस्ती टोलीले उक्त रकमसहित विराटनगर १५ रानीका ४० लक्ष्मणप्रसाद साहलाई पक्राउ गरेको हो ।

को १९ प ४४३४ नम्बरको मोटरसाइकलमा सवार रहेका साहलाई जाँच गर्ने क्रममा विराटनगर ७ प्रशासन रोडबाट उक्त रकम बरामद भएको बताइएको छ । पक्राउ परेका साहलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा राखिएको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार