29.1 C
Kathmandu

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रवारदेखि क्यालिब्रेशन फ्लाइट्

काठमाडौं/ भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेशन फ्लाइट् अर्थात् परीक्षण उडानका लागि एरोनटिकल रेडियो अफ थाइल्यान्ड (एरो थाई) को जहाज बिहीवार काठमाडौं आइपुगेको छ । बङ्गलादेशको ढाका हुँदै जहाज काठमाडौं आइपुगेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार जहाज आजै बेलुकासम्म काठमाडौंबाट भैरहवा जाने छ । यो जहाजले शुक्रवारदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेशन फ्लाइट् अर्थात् परीक्षण उडान गर्नेछ । जहाजले १० दिनसम्म विमानस्थलमा परीक्षण उडान गर्नेछ ।

परीक्षण उडानका क्रममा भैरहवामा हुने आन्तरिक उडान प्रभावित हुनेछ । बिहान १० देखि बेलुका पाँच बजेसम्म परीक्षण उडान हुने भएकाले त्यो समयमा आन्तरिक उडान ठप्प हुनेछन् । मौसमले साथ दिएमा बिहान १० बजेसम्म र बेलुका पाँच बजेपछि आन्तरिक उडान हुनेछन् । परीक्षण उडानका क्रममा उडानसँग सम्बन्धित सबै उपकरणको जाँच हुनेछ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार