काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक ले दशैं विशेष अफर सार्वजनिक गरेको छ। कम्पनीले १ वर्षको मूल्यमा २ वर्षसम्म इन्टरनेट सेवा दिने योजना ल्याएको हो।
अफर अन्तर्गत ग्राहकहरूले ७० एमविपिएस इन्टरनेट जडान गर्दा मात्र ४४३ रुपैयाँ प्रति महिना मा वाई–फाई सिक्स राउटर पाउनेछन्। वाई–फाई सिक्स प्रविधिले एउटै नेटवर्कमा धेरै डिभाइस जोडिँदा पनि स्पीड नघट्ने, ५० भन्दा बढी डिभाइस सपोर्ट गर्ने, गेमिङ, स्ट्रिमिङ र भिडियो कलमा ढिलाइ नहुने जस्ता सुविधा उपलब्ध गराउँछ। साथै डबल ब्याण्ड र ब्याट्री बचत सुविधा समेत यसमा समावेश छन्।
यो अफर ७० एमविपिएस मात्र नभई १०० २०० र ३०० एमविपिएसका अन्य इन्टरनेट प्लानमा समेत लागू हुनेछ। इन्टरनेटसँगै कम्पनीले आईपीटीभी सेवा समेत प्रदान गर्नेछ, जसअन्तर्गत मात्र २५० रुपैयाँमा स्मार्ट सेट–टप बक्स प्रयोग गरी विभिन्न च्यानल हेर्न सकिने सुविधा हुनेछ।
क्लासिक टेकका अनुसार, ग्राहकलाई अझ भरपर्दो, उच्च स्पीड र अत्याधुनिक सेवा उपलब्ध गराउँदै बजारमा अग्रणी बन्ने लक्ष्यसहित यो दशैं अफर सार्वजनिक गरिएको हो।