8.1 C
Kathmandu

चच्याङ एनआरएन क्षेत्रीय समिति अध्यक्षमा गोविन्द भण्डारी चयन

काठमाडौं । चीनको चच्याङ प्रान्तमा रहेका नेपाली व्यवसायीहरूमार्फत गठन गरिएको गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति, चच्याङको नयाँ कार्यसमिति चयन गरिएको छ। संघको सातौं महाधिवेशनबाट गोविन्द भण्डारी अध्यक्षमा निर्वाचित भएका छन्।

चच्याङको यीवुस्थित होटल सांग्रिलामा असार १४ गते सम्पन्न महाधिवेशनले भण्डारीको नेतृत्वमा २०२५–२०२७ कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको हो।

संघका अनुसार, उपाध्यक्षमा सुजित ब्यान्जु, महासचिवमा जीवन मैनाली, सचिवमा प्रविन ज्ञवाली र कोषाध्यक्षमा राजु मगर चयन भएका छन्। त्यस्तै सदस्यहरूमा सुवास भट्टराई, राजन देवकोटा, देवेन्द्र बुढाथोकी, माया मगर, अर्जुन रेग्मी, लक्ष्मण शर्मा, धर्मप्रसाद पराजुली र ललित कार्की निर्वाचित भएका छन्।

कार्यक्रमको अध्यक्षता संघका निवर्तमान अध्यक्ष आकाश गुरुङले गरेका थिए। कार्यक्रममा एनआरएनए चीन राष्ट्रिय समन्वय परिषद (एनसीसी) का उपाध्यक्ष यादव अर्याल प्रमुख अतिथिका रूपमा सहभागी थिए।

त्यस्तै एनसीसी चीनका उपाध्यक्ष राजकुमार खरेल, महासचिव, सचिव, सल्लाहकारलगायत अन्य पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो। नव निर्वाचित कार्यसमितिका पदाधिकारीलाई निवर्तमान अध्यक्ष विमलराज कँडेलले सपथ ग्रहण गराएका थिए।

संघका अनुसार चच्याङ क्षेत्रीय समिति चिनीया शहरहरूमा व्यवसाय, रोजगार र सामाजिक क्रियाकलापमा संलग्न नेपालीहरूबीच समन्वय र सहयोगका लागि सक्रिय हुँदै आएको छ। नयाँ कार्यसमितिले चच्याङमा रहेका नेपाली समुदायको हकहितमा अझ प्रभावकारी रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

थप समाचार

ताजा समाचार