काठमाडौं । काठमाडौंको टोखा क्षेत्रका शैक्षिक संस्थाहरूको संयुक्त आयोजनामा शनिबार, जेठ ३१ गते ‘शिक्षा मेला २०८२’ आयोजना हुने भएको छ। विद्यार्थी र अभिभावकलाई लक्षित गरी आयोजना गरिएको यस मेलामा भर्ना प्रक्रिया, पाठ्यक्रम, छात्रवृत्ति, क्यारियर काउन्सेलिङ लगायतका विषयमा जानकारी दिइनेछ।
मेलाको आयोजना हिसान, प्याब्सन र एनप्याब्सन ले गरेका हुन् भने संयोजनमा स्काई भिजन, अल्फा र जिएलसी फाउन्डेसन रहेका छन्।
कार्यक्रम बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ। आयोजकका अनुसार मेला चार मुख्य विधामा आधारित हुनेछ — Information, Motivation, Career Counselling र Entertainment।
१७ भन्दा बढी शैक्षिक संस्थाहरूको सहभागिता रहने मेलामा ४ हजारभन्दा बढी विद्यार्थी र अभिभावकको उपस्थिति रहने अपेक्षा गरिएको छ।
हिसान टोखाका अध्यक्ष राजन अधिकारीले मेलाले विद्यार्थी तथा अभिभावकलाई शिक्षाको क्षेत्रमै प्रतिस्पर्धी र गुणस्तरीय विकल्प छनोट गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
मेलालाई टोखा नगरपालिका, हिसान र प्याब्सनको सहकार्यमा आयोजना गरिनेछ। आयोजकले सबैलाई मेलामा सहभागी भई जानकारी लिन आह्वान गरेका छन्।