8.1 C
Kathmandu

अपेन भक्तपुरको ‘लिटिल लिजेण्डस सिजन १’ सम्पन्न, बालबालिकाले देखाए प्रतिभा

काठमाडौँ । एसोसिएसन अफ प्रि स्कुल एजुकेटर्स नेपाल (अपेन) भक्तपुर जिल्ला कमिटीको आयोजनामा लिटिल लिजेण्डस सिजन १ कार्यक्रम आयोजना गरियो । भक्तपुरको बोडेस्थित कृषि विकास बैङ्क तालिम केन्द्रमा आयोजना गरिएको उक्त कार्यक्रममा भक्तपुर जिल्लाका प्रि स्कुलहरूको सहभागिता थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि माननीय दुर्लभ थापाले बालबालिकाको शैक्षिक विकाससँगै शारीरिक र मानसिक विकासका लागि निजी क्षेत्रबाट खोलिएका प्रि स्कुलहरूले महत्त्वपूर्ण योगदान दिएको बताउनुभयो । उहाँले भन्नुभयो, यो कार्यक्रम हेर्दा मलाई मेरो बाल्यकाल याद आयो । प्रि स्कुलका लागि राज्यले राज्यले लगानी गर्नुपर्ने हो । तर निजी क्षेत्रले यसका लागि जुन सक्रियता देखाएको छ । त्यो एकदमै महत्त्वपूर्ण छ ।
उक्त कार्यक्रममा बोल्दै अपेन केन्द्रीय कार्य समितिका अध्यक्ष बद्री प्रसाद दाहाल बालबालिकाको क्षेत्रमा जे अहिले निजी क्षेत्रबाट भइरहेको प्रयास निकै सराहनीय रहेको बताउनुभयो । उहाँले भन्नुभयो, यस्ता कार्यक्रम बालबालिकालाई आफ्नो प्रतिभा प्रस्फुटन गर्न निकै प्रभावकारी हुन्छ । त्यसैले भोलिका दिनमा यसलाई देशव्यापी बनाउनु पर्छ ।
कार्यक्रममा चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले चाँगुनारायण नगरपालिकाले सामुदायिक विद्यालयसँग संस्थागत विद्यालयहरूको समेत क्षमता विकासका लागि सघाउने बताउनु भयो । हाम्रो नगरपालिकामा रहेका संस्थागत विद्यालयहरूले पनि यहाँको शैक्षिक गुणस्तर वृद्धिका लागि निकै राम्रो काम गरेका छन्, मेयर खत्रीले भन्नुभयो ।
कार्यक्रममा अपेन केन्द्रीय सचिव सम्झना बस्नेतले स्वागत मन्तव्य राख्दै बालबालिकाको समग्र विकासका लागि यस्ता कार्यक्रमले सघाउने बताउनुभयो ।
कार्यक्रममा बोल्दै अपेन भक्तपुरका अध्यक्ष योगेश खडका शिक्षासँगै बालबालिकामा रहेको क्षमता देखाउन कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । छोटो समयमा सीमित स्रोतसाधनका बाबजुद पनि कार्यक्रम सफल रूपमा सम्पन्न भएको भन्दै अध्यक्ष खड्काले कार्यक्रमका प्रायोजक विद्यालयहरू, सहभागी विद्यालय र अभिभावक लगायत सबैलाई धन्यवाद दिनुभयो ।
अपेनका कानुनी सल्लाहकार अनिल आचार्यका अनुसार उक्त अवसरमा भक्तपुर जिल्लाका विभिन्न २३ वटा प्रि स्कुलका बालबालिकाहरूले नृत्य तथा आफ्ना कौशल प्रदर्शन गरेका थिए । कार्यक्रममा सहभागी विद्यालय तथा बालबालिकाहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
हेर्नुस कार्यक्रमका तस्वीरहरु:
 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार