8.1 C
Kathmandu

बागमती प्रदेश प्रहरी प्रमुख शर्माद्वारा नव निर्मित भवनको उद्घाटन

सिन्धुली । बागमती प्रदेश प्रहरी तालिम केन्द्र, दुधौली, सिन्धुलीको परिसरभित्र नव निर्मित भवनको उद्घाटन बागमती प्रदेश प्रहरी प्रमुख डीआईजी कृष्णहरि शर्माले गर्नुभएको छ। केन्द्रको ४९औं स्थापना दिवसको अवसरमा आयोजित विशेष समारोहमा प्रमुख अतिथि शर्माले उक्त भवनको उद्घाटन गर्नुका साथै विभिन्न कार्यक्रमको शुभारम्भ गर्नुभयो।

समारोहका क्रममा प्रहरी जवान आधारभूत तालिम सहयोगी पुस्तिका विमोचन गरियो, जसले प्रशिक्षार्थी प्रहरी जवानहरूलाई थप मार्गदर्शन प्रदान गर्ने अपेक्षा गरिएको छ।

स्थापना दिवसको अवसरमा तालिम केन्द्र र दुधौली नगरपालिकाको सहकार्यमा आयोजित नगरस्तरीय अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भयो। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यालयहरूलाई नगद पुरस्कार तथा प्रशंसापत्र प्रदान गरिएको थियो। साथै, सहभागी सम्पूर्ण विद्यालयहरूलाई सम्मानस्वरूप प्रशंसापत्र वितरण गरियो।

तालिम केन्द्रभित्र Time Park निर्माण कार्यका लागि निर्माण सामग्री उपलब्ध गराउने सहयोगीहरूलाई कदरपत्र प्रदान गर्दै सम्मान गरियो। साथै, केन्द्रका उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरूलाई नगद पुरस्कारसहित प्रशंसापत्र प्रदान गर्दै उनीहरूको योगदानको कदर गरियो।

यस विशेष अवसरमा प्रमुख अतिथि डीआईजी शर्माले प्रहरी तालिम केन्द्रको पूर्वाधार विकासले प्रशिक्षार्थीहरूको दक्षता अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा विभिन्न सुरक्षा अधिकारीहरू, स्थानीय जनप्रतिनिधिहरू, विद्यालयका शिक्षक-विद्यार्थीहरू तथा प्रहरी जवानहरूको उल्लेखनीय उपस्थिति थियो।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार