19.1 C
Kathmandu

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना, हेलिकप्टरमा सवार पाँचै जनाको मृत्यु

काठमाडौँ । नुवाकोटको शिवपुरीमा एयर डाइनेष्टिको हेलिकप्टर दुर्घटना भएको छ । बुधबार १ बजेर १४ मिनेटमा त्रिभुवन विमानस्थलबाट ४ चिनियाँ यात्रु लिएर उडेको उक्त हेलिकप्टर शिवपुरी गाउँपालिका ७ सूर्यचौर डाँडामा दुर्घटना भएको थियो ।

उक्त दुर्घटनामा हेलिकप्टरमा सवार पाँचै जनाको ज्यान गएको छ । क्याप्टेन अरुण मल्लले उडाएको हेलिकप्टरमा ४ जना चिनियाँ पर्यटक स्याफ्रुबेंसी लगिँदै थियो ।

दुर्घटनाको कारणबारे पत्ता लागेको छैन । तर प्रत्यक्षदर्शीका अनुसार हेलिकप्टर रुखमा ठोक्किएर आगो लाग्दै झरेको थियो ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार