21.1 C
Kathmandu

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ ले घटाएको हो । निगम सञ्चालक समितिको निर्णयानुसार इन्धनको मूल्य घटाउने निर्णय भएको हो । निगमले घटेको मूल्य असार १ गते राति १२ बजेदेखि लागू हुने जनाएको छ ।

मूल्य घटेसँगै पेट्रोलको मूल्य पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा एक सय ६२ रुपैयाँ ५० पैसा, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा एक ६४ र तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलमा एक सय ६५ मूल्य कायम भएको निगमले जनाएको छ ।

निगमका अनुसार डिजेल र मट्टितेलमा पहिलो वर्गअन्तर्गत एक सय ४९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गअन्तर्गत एक सय ५१ र तेस्रो वर्गअन्तर्गत एक ५२ मूल्य कायम गरिएको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार