23.1 C
Kathmandu

टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक पौडेल पुर्पक्षका लागि कारागार चलान

काठमाडौं । भ्रष्टाचारको आरोपमा मुद्दा चलाइएका नेपाल टेलिकलका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल पुर्पक्षका लागि कारागार चलान भएका छन् । विशेष अदालतमा बुधबार भएको थुनछेक बहसपछि पौडेललाई मुद्दाको किनारा नलागेसम्मका पुर्पक्षका लागि कारागारमा राख्न आदेश दिइएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा पौडेलिवरुद्ध वैशाख ९ गते २३ करोड ७५ लाख ४६ हजार ३२४ रुपैयाँ विगो कायम गरी विशेष अदालत मुद्दा दायर गरेको थियो ।

अदालतको आदेशपछि पौडेललाई बुधबार नै डिल्लीबजारस्थित कारागार चलान गरिएको छ ।

विशेष अदालतले पौडेललाई पेमेण्ट गेट वेको उपकरण र परामर्श सेवा खरिद प्रकरणमा गत शुक्रबार दोषी ठहर गरिसकेको छ । उनीविरुद्ध सरकारको अनुमति बिनानै सिंगापुरमा डलर खाता खोलेको र घुसवापत्‌को आर्जित सम्पत्ति उतै व्यवस्थापन गरेको लगायतका प्रमाणहरु भेटिएको थियो ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार