23.1 C
Kathmandu

उपल्लो डोल्पाको शेमा ६७ औं १२ वर्षे शेल्री डुग्ड्रा मेला आयोजना हुने  

काठमाडौं । उपल्लो डोल्पाको शेमा ६७ औं १२ वर्षे डोल्पो शेल्री डुग्ड्रा मेला आयोजना हुने भएको छ । हरेक १२ वर्षमा आयोजन गरिने १२ वर्षे शेल्री डुग्ड्रा मेला २०८१ भदौ २ देखि ५ गतेसम्म आयोजन हुने भएको हो । 

शे फोक्सुण्डो गाउँपालिकामा रहेको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्रमा लाग्ने मेलामा देश तथा विदेशबाट स्वदेशी र विदेशी पाहुनाहरू आउने अपेक्षा आयोजकले गरेका छन् । 

शे फोक्सुण्डो गाउँपालिकाको मुख्य आयोजनामा हुने यो मेलाको सह आयोजकमा डोल्पो बुद्ध गाउँपालिका र छार्का ताङसोङ गाउँपालिका रहेका छन् । डोल्पा जिल्लाका अन्य सबै छिमेकी स्थानीय तहहरुसँग समेत मेला सफल रुपमा सम्पन्न गर्न सहकार्य गरिने शे फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष तथा मेलाको मुख्य संयोजक धावा सम्डुक गुरुङले बताए ।

अध्यक्ष गुरुङले मेलाका बारेमा प्रचार प्रसार गर्न एकरूपता कायम गर्ने उद्देश्यले सामाजिक सञ्जाल तथा कुनै कतै व्याख्या गर्नु परेमा 67th Shelri Dugdra Festival भनि सम्बोधन तथा प्रचारप्रसार गर्न आग्रह गरेका छन्। उनका अनुसार शेल्री भनेको सिसाको हिमाल र डुग्ड्रा भनेको ड्रागनको गर्जनलाई बुझिन्छ। ६७ औं डोल्पो शेल्री डुग्ड्रा मेला आगामी २०८१ भाद्र २ गते देखि ५ गते सम्म माथिल्लो डोल्पाको शे मा सञ्चालन हुँदैछ । जिल्लाका सबै सरोकार निकायको साथ र सहयोग लिएर यो मेलाको आयोजना गरिने अध्यक्ष गुरुङले बताए । 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार