29.1 C
Kathmandu

मौद्रिक नीति परिवर्तन पश्चात देशको अर्थतन्त्र सकारात्मक दिशामा

अर्थमन्त्री प्रकाशशरण महतले मौद्रिक नीतिमा गरिएको परिवर्तनले देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्न थालेको बताएका छन्। साथै उनले मौद्रिक नीतिमा गरिएको परिवर्तन पश्चात देशको घरजग्गा र शेयर कारोबारमा उत्साहजनक  संकेत देखिएको बताएका छन्।

बुधबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री महतले मौद्रिक नीतिमा हालै गरिएको परिवर्तनले बैंक तथा वित्तीय क्षेत्रमा परेको सकारात्मक प्रभाव क्रमशः आर्थिक क्रियाकलापमा प्रतिबिम्बित भइरहेको बताएका हुन्।

‘घरजग्गा र शेयर कारोबार बढ्न थालेको छ, यसमा आएको उत्साहले सकारात्मक संकेत दिएको छ,’ उनले भने।

अर्थमन्त्री महतले २०८० चैत्र सम्म समस्यामा परेका ऋणीहरुलाई कर्जाको पुनसंरचना गर्ने अवधि दिइएको पनि जानकारी दिएका छन्। ‘यसले हाल घट्दो व्याजदरले विविध कारणले बैंक ऋण तिर्न नसकेका व्यवसायीलाई राहत दिनेछ,’ उनले भने।

उनले सम्झौताबमोजिम काम सम्पन्न भई अर्थ मन्त्रालयमा प्राप्त निर्माण व्यवसायीलाई भुक्तानी दिन बाँकी रकमको अधिकांश दायित्व व्यवस्थापन गरिसकिएको समेत बताए।

अहिले अर्थतन्त्रको वाह्य क्षेत्रका परिसूचकहरु अनुकूल बनेको बताउँदै अर्थमन्त्री महतले २०८० असोज मसान्तसम्म चालु खाता ५९ अर्ब ले बचतमा रहेको, ९९ अर्बले सोधनान्तर बचतमा रहेको र १२ अर्ब ३३ करोड अमेरिकी डलर विदेशी विनिमय संचिति रहेको  जानकारी दिए।

विप्रेषणको आप्रवाह २०८० असोजमसम्ममा ३० प्रतिशले बढेकोले वाह्य क्षेत्र सन्तुलनको अवस्था राम्रो रहेको अर्थमन्त्री महतले बताए।

चालु आर्थिक वर्षमा पर्यटक आगमनमा उत्साहजनक वृद्धि भई २०२३ को हालसम्म ९ लाख ५४ हजार पर्यटक आगमन भएको छ जुन अहिले सम्मकै उच्च रहेको उनले बताए।

यसरी प्रधानमन्त्री तथा आफ्नोउपस्थितिमा निजी क्षेत्र, अर्थविद् र सरोकारवालासँग पटक पटक अन्तर्क्रिया गरी प्राप्त सुझावका आधारमा आर्थिक सुधारका विषयलाई अगाडि बढाइएको मन्त्री महतले जानकारी दिए।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार