काठमाडौं । जाजरकोटमा फेरि ५.८ रेक्टर स्केलको भूकम्प गएको छ ।
सोमबार अपराह्न ४ बजेर ३१ मिनेटमा ५.८ म्याग्निच्युडको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।जाजरकोटको रामीडाँडा केन्द्र भएर परकम्प गएको हो।
यसअघि कात्तिक १९ गते जाजरकोटको बारेकोट गाउँपालिका वडा नम्बर १ रामीडाँडा नै केन्द्र भएर भूकम्प गएको थियो। त्यस दिन बिहान १:२२ बजे ४ म्याग्नेच्युड र बिहान ४:५३ बजे ३.८ म्याग्नेच्युडको भूकम्प गएको थियो।
साथै कात्तिक १७ गते गत शुक्रबार बेलुकी ११:४७ बजे रामीडाँडा केन्द्र बनाएर ६.४ म्याग्नेच्युडको भूकम्प गएको थियो।