26.1 C
Kathmandu

धार्के-सीतापाइला सडकको स्तरोन्नति हुँदै, थानकोट नौबिसे सडकको विकल्प बन्ला ?

काठमाडौं। थानकोट-नौबिसे सडकको विकल्पका रूपमा धार्के-सीतापाइला सडक स्तरोन्नति हुने भएको छ । यो सडक बनाउन सरकारले ५५ करोड रुपैयाँ खर्चने भएको छ । यसलाई दुई लेनसम्म बनाउने गरी सडक विभागले ठेक्का समेत लगाउने प्रक्रिया अगाडि बढाएको जानकारी दिएको छ ।

यो निर्माण गर्ने जिम्मा सडक डिभिजन अन्तर्गतको नुवाकोटले कार्यालयले हेर्छ । धार्के-सीतापाइला सडकको धादिङ खण्डको धार्केदेखि ठूलोखोलासम्म १४ किलोमिटर सडक स्तरोन्नतिका लागि ठेक्का आह्वान गरेको हो। यसका लागि एक वर्षको समयावधिमा निर्माणको काम सक्ने गरी ठेक्काको प्रक्रिया अगाडि बढाइएको सडक डिभिजन नुवाकोटले जानकारी दिएको छ ।

ठूलोखोलादेखि सीतापाइलासम्म १० किलोमिटर छ। सीतापाइलादेखि-रामकोटसम्मको ५ किलोमिटर सडक ६ देखि ११ मिटरसम्म कालोपत्रे नै भइसकेको छ। रामकोटदेखि काठमाडौं(धादिङको सिमाना ठूलोखोलासम्मको बाँकी ५ किलोमिटर सडकमा भने अहिले धमाधम काम भइरहेको छ।

गत साउन १५ गते ठेक्का सम्झौता भएको उक्त सडकको काम निर्धारित समयमा सकिएमा आगामी साउनभित्र अधिकांश ठाउँमा १२ मिटर चौडा सडक कालोपत्रे हुनेछ। सीतापाइलादेखि रामकोटसम्मको सडक स्तरोन्नति गर्न सरकारले २७ करोड रुपैयाँ खर्चेको थियो।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार