24.1 C
Kathmandu

इन्भेष्टमेन्ट मेगाको सेयर कारोबार चुनावपछि खुल्ने, १ प्रतिशत भन्दा बढी स्वामित्व हुनेको भने अझै रोक्का

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंकको आधारभुत सेयर बाहेकका सेयर कारोबार चुनाव पछि खुल्ने भएको छ । यी दुबै बैंकको सेयर कारोवार चुनाव पछिको कार्यलय समय अर्थात मंसिर ६ गतेदेखि सुचारु हुने भएको छ ।

मर्जर तथा प्राप्ती प्रक्रियामा रहेको कारण ६ महिना यता रोक्का रहेको यी बैंकको सेयर कारोबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले खुलाउने निर्णय गरेको हो ।

नेप्सेले शुक्रबार एक सूचना जारी गर्दै दुबै बैंकको आधारभूत सेयरधनी बाहेकका सेयरधनीको सेयर कारोबार फुकुवा भएको जानकारी दिएको छ। प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको लागि कात्तिक ४ र ५ गते सार्वजनिक बिदा दिएको हुँदा कात्तिक ६ गतेदेखि नियमित कारोबार हुने भएको हो ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार