23.1 C
Kathmandu

सेयर बजारले चुनाव घोषणाको मितिलाई पत्याएन, दुई दिनसम्म लगातार बजार घट्दा लगानीकर्ता मारमा

काठमाडौं । सेयर बजारले चुनाव घोषणाको मितिलाई नपत्याएको देखिएको छ । चुनावको मिति आगामी ४ मंसिरमा गर्ने सरकारको विहीबारको घोषणासँगै सेयर बजार भने त्यसपछिको दुबै दिन घटेको छ ।
सेयर बजार घटेका कारण लगानीकर्ता मारमा परेका छन् । लगानीकर्ताले भने अब सेयर बजार बढ्ने अपेक्षा गरेपछि बजारमा त्यसको प्रभाव भने नकारात्मक परेको छ ।

चुनाव घोषणाप्रति नेप्से परिसूचक भने नकारात्मक देखिएको छ । चुनाव घोषणा भएको २ दिनमा नेप्से ७३.२२ अंकले घटेको छ । चुनाव घोषणा भएको दिन बिहीबार ३८.६१ अंकले घटेको नेप्से परिसूचक शुक्रबार पनि ३४.६१ अंकले घटेको छ । बुधबार २१८६.७७ अंक पुगेको नेप्से शुक्रबारको कारोबारपछि २११३.५५ मा सिमित भएको छ ।

शुक्रबारको नेप्सेको कारोबारमा सबैभन्दा बढी कमाउनेमा जोशी हाइड्रोपावरको सेयर ५.९१ प्रतिशतले बढेको छ भने यो दिन सबैभन्दा बढी गुमाउनेमा मैलुङखोला जलविद्युत् कम्पनीको ७.१८ प्रतिशत रहेको छ ।

नेप्सेमा सूचीकृत कम्पनीहरूमध्ये शुक्रबार २१३ कम्पनीको ६४ लाख कित्ता सेयरको ४० हजार पटक कारोबार भएको छ । यसबाट कुल २ अर्ब ६२ करोड रुपैयाँ करोबार भएको पनि नेप्सेले जानकारी दिएको छ ।

शुक्रबारको सबैभन्दा बढी कारोबार गर्नेमा शिवम सिमेन्ट छ । यो कम्पनीले एकैदिन १५ करोड ६२ लाख रुपैयाँको सेयर कारोबार गरेको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार