24.1 C
Kathmandu

४२ हजार मेट्रिकटन मल संचित छ अभाव भनेर आत्तिनु नपर्ने

काठमाडौं । नेपालमा ४२ हजार मेट्रिकटन मल संचित छ अभाव भनेर आत्तिनु नपर्ने कृषि मन्त्रालयको भनाइ रहेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले देशभरका डिपोमा ४२ हजार मेट्रिकटन रासायनिक मल मौज्दात रहेको जनाएको छ ।

आइतबार मलको उपलब्धताबारे विवरण सार्वजनिक गर्दै मन्त्रालयले चालु आर्थिक वर्षमा को ४ महिनामा ८६ हजार २४६ मेट्रिकटन रासायनिक मल बिक्री वितरण भएको र अझै ४२ हजार ९८३ मेट्रिकटन मल मौज्दात रहेको जनाएको हो ।

मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलकाअनुसार कृषि सामग्री कम्पनीसँग ३५ हजार ४४९ मेट्रिकटन र साल्ट ट्रेडिङसँग ७ हजार ५३४ मेट्रिकटन मल मौज्दात छ ।

कृषि सामग्री कम्पनीसँग युरिया १५ हजार १७९ मेट्रिकटन, डीएपी १८ हजार ४३२ मेट्रिकटन र पोटास १ हजार ८३७ मेट्रिकटन मौज्दात छ । यस्तै साल्ट ट्रेडिङ कर्पोरेसनसँग ६ हजार ५८४ मेट्रिकटन युरिया, ८५४ मेट्रिकटन डीएपी र ९५ मेट्रिकटन पोटास मौज्दात छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार