29.1 C
Kathmandu

ग्लोबल आइएमई बैंक ७७ वटै जिल्लामा पुग्यो, सबै जिल्लामा शाखा खाल्ने पहिलो निजी बन्यो

  1. ग्लोबल आइएमई बैंक ७७ वटै जिल्लामा पुग्यो, सबै जिल्लामा शाखा खाल्ने पहिलो निजी बन्यो

काठमाडौं । ग्लोबल आइएमई बैंकले ७७ वटै जिल्लामा शाखा पुर्याएको छ । सबै जिल्लामा शाखा खाल्नेमा निजी क्षेत्रको पहिलो बैैंक पनि ग्लोबल आइएमई नै बनेको छ ।

यो बैंकले विहीबार कर्णाली प्रदेशको डोल्पा जिल्ला स्थित ठुलीभेरी नगरपालिका–३, दुनै बजारमा २८९औ नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । यो शाखसँगै बैंक सबै जिल्लामा पुगेको हो ।

डोल्पाको दुनैमा नयाँ शाखा स्थापनासँगै ग्लोबल आइएमई बैंक नेपालको ७७ जिल्लामा शाखा कार्यालय स्थापना गर्ने निजी क्षेत्रको पहिलो बैंक बनेको छ ।

बैंकले ७७ जिल्लामा २८९ शाखा, २६२ एटीएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८७५ भन्दा बढी सेवा केन्द्रबाट २८ लाख भन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार