29.1 C
Kathmandu

ललिता निवास प्रकरणमा जोडिएका चार पूर्वमन्त्रीविरूद्ध पक्राउ पुर्जी जारी

काठमाडौं/ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सिआइबीले ललिता निवास प्रकरणमा जोडिएका चार पूर्वमन्त्रीविरूद्ध पक्राउ पुर्जी जारी गरेको छ।

आइतबार पूर्व उपप्रधानमन्त्री तथा भौतिक योजनामन्त्री विजयकुमार गच्छदार, पूर्वभूमिसुधार मन्त्री चन्द्रदेव जोशी, पूर्वभूमिसुधार मन्त्री डम्बर श्रेष्ठ र पूर्वराज्यमन्त्री सञ्जयकुमार शाहविरूद्ध पक्राउ पुर्जी जारी भएको हो ।

सर्वोच्च अदालतले आइतबार ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा पुर्‍याउन गरी मन्त्रिपरिषदको निर्णयमा संलग्नमाथि पनि अनुसन्धान गर्नु भन्दै फैसला सुनाएको थियो। सर्वाेच्चको उक्त फैसलापछि निजहरु विरुद्ध पक्राउ पुर्जी जारि भएको बताइएको छ । ललिता निवास प्रकरणमा सिआइबी २० आरोपी पक्राउ गरि हिरासतमा राखेको छ ।

ललिता निवास प्रकरणमै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा गच्छदार, तत्कालीन भूमिसुधार मन्त्री डम्बर श्रेष्ठ र चन्द्रदेव जोशी पनि प्रतिवादी रहेका थिए। जसमा अख्तियारले गच्छदार र श्रेष्ठविरूद्ध ९ करोड ६५ लाख प्रतिव्यक्ति बिगो दाबी गरेको थियो भने जोशीविरूद्ध सात करोड ८ लाख रुपैयाँ बिगो मागदाबी गरेको थियो।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार