29.1 C
Kathmandu

प्रतिनिधिसभामा एमसीसी टेबल

 

प्रतिनिधिसभाको विधेयक शाखामा दर्ता भएको १ हजार ६८२ दिनपछि टेबल भएको हो

काठमाडौँ / सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधि सभाको बैठकमा अमेरिकी सहयोग परियोजना एमसिसी सम्बन्धी सम्झौता टेबल गरेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०को अवरोधबीच आइतबार दिउँसो सुरू भएको संसदमा सरकारले एमसिसी टेबल गरेको हो। नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच भएको अनुदान सम्झौता संघीय संसद् सचिवालय, प्रतिनिधिसभाको विधेयक शाखामा दर्ता भएको १ हजार ६८२ दिनपछि टेबल भएको हो ।

कार्कीले नै २०७४ भाद्र २९ गते अर्थमन्त्रीका रूपमा नेपालको तर्फबाट सम्झौतमा हस्ताक्षर गरेका थिए । उक्त सम्झौतालाई केपी शर्मा ओली नेतृत्वको सरकारका अर्थमन्त्री युवराज खतिवडाले अनुमोदनका लागि संसद्‌मा पठाएका थिए ।तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले एमसीसी संसद्‌मा दर्ता गराएकाले हाल अर्थमन्त्री जनार्दन शर्माले सरकारको तर्फबाट सभामा प्रस्तुत गर्नुपर्ने हुन्छ । अर्थमन्त्री उपस्थित नभएकाले कार्कीले पेश गरेका हुन् ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार