9.1 C
Kathmandu

६ महिनामा ६ वटै क्यासिनोलाई अनुमति, क्यासिनो भएका होटलको संख्या ३० पुग्यो (सूचीसहित)

काठमाडौैं । सरकारले चालू आर्थिक वर्षको पहिलो ६ महिनामा ६ वटै क्यासिनोलाई अनुमति दिएको छ । यो अनुमतिसँगै अब नेपालका विभिन्न ३० वटा होटलले क्यासिनो सञ्चालनको अनुमति पाएका छन् ।

पर्यटन मन्त्री प्रेम आलेले मात्रै ६ वटा क्यासिनोकोलाई अनुमति दिएका छन भने बाँकी क्यासिनो यस अघिका सरकारले अनुमिति दिएको हो ।

काठमाडौं विभिन्न ९ वटा पाँचतारे होटल, उपत्यका बाहिरको दुई वटासहित ११ वटा पाँचतारे होटलमा क्यासिनोले सञ्चालन अनुमति पाएका छन भने १९ वटा होटलमा मिनि क्यासिनो सञ्चालनको अनुमति पाएको पनि पर्यटन विभागको जानकारी दिएको छ ।

विभागका अनुसार क्यासिनोको इजाजतले एउटा होटलमा मात्रै सञ्चालन गर्न पाइन्छ भने आधुनिक मेसिन तथा उपकरणको माध्यमबाट खेलाइने खेल (मिनि क्यासिनो)ले भने एउटै इजाजतले ४ वटा होटलसम्ममा सञ्चालन गर्न पाउँछन

क्यासिनो नियमावली २०७० आउनु अगाडि नै अनुमति पाएका तीन वटा मिनि क्यासिनो (सेन्ट्रल मिडिया, रक इन्टरनेशनल र ह्याप्पी आवरले) एउटै इजाजतबाट ४ वटा होटलमा मिनि क्यासिनो सञ्चालन इजाजत पाएका छन ।

निमायवली पछि अनुमति लिनेको हकमा भने एउटा इजाजतबाट एउटै मात्र होटलमा क्यासिनो सञ्चालन गर्न पाइने व्यवस्था क्यासिनो नियमावलीमा छ ।

क्यासिनोलाई दिएको इजाजत र नवीकरण वापत पर्यटन विभागले चालू आवको ६ महिनामा नै ६५ करोड रुपैयाँ राजस्व समेत संकलन गरेको छ ।

पर्यटन विभागले चालू आवको ६ महिनासम्मा क्यासिनोका लागि जारी गरेको इजाजतको विवरण सार्वजनिक गरेको छ । यस्तो विवरण अनुसार चालू आवमा होटल मेची क्राउन झापालाई मात्रै क्यासिनोको इजाजत दिएको छ भने उपत्यका बाहिरका विभिन्न ६ वटा होटललाई मिनि क्यासिनो सञ्चालनको इजाजत दिएको छ ।

यस्तो छ, चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिनासम्ममा इजाजत प्राप्त क्यासिनो

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार