26.1 C
Kathmandu

सेयर बजारप्रति राष्ट्र बैंक सकारात्मक छ, हल्लाको पछि नलागि बुझेर लगानी गर्नुस्ः गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सेयर बजारप्रति राष्ट्र बैंक सकारात्मक रहेको र हल्लाको पछि नलागि बुझेर लगानी गर्न आग्रह गरेका छन् । गभर्नर अधिकारीले सेयर बजारप्रति आफू र राष्ट्र बैंकको धारणा नकारात्मक नभएको प्रष्ट्याएका छन् । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा जवाफ दिँदै गभर्नर अधिकारिले हल्ला पछाडि नलागी तथा कम्पनी विश्लेषण गरेरमात्र सेयरमा लगानी गर्न आह्वान गरेका हुन् ।

जवाफमा गभर्नर अधिकारीले सेयर बजारप्रति आफूहरू नकारात्मक नभएको बताए । सेयर बजारलाई हामीले त्यति नराम्रो पनि भनेका छैनौं,” उनले भने, सेयर बजार अर्थतन्त्र विस्तार र राजस्वमा बराबरी योगदान दिन्छ, उनले भने ।

लगानीकर्ताले पनि थोरै बढ्दा उत्साहित हुने थोरै घट्दा पनि सिद्धिहालयो भनेर बुझ्न नहुने गभर्नरको भनाइ छ । बढ्दा मात्तिने, घट्दा आत्तिने नगर्नुस्, गभर्नरले भने, राम्रो विश्लेषण गरेर विवेकपूर्ण लगानी गर्नुस् । सिस्टममा बसेर लगानी गर्नुस् हामी पनि सिस्टमा बसेर नीति निर्माण गर्ने हो । अधिकारीले केही समन्वय गर्नुपर्ने सहयोग गर्न आफूहरू तयार रहेको बताए ।

यसअघि सांसद पार्वती डीसी चौधरीले गभर्नर र अर्थ सचिव मधु मरासिनीलाई सेयर बजारलाई अनुत्पादक क्षेत्र भन्नुको कारण अर्थ सोधेकी थिइन् । ४५ लाख लगानीकर्ता डीम्याट खाता खोलेर लगानी गरिरहेका छन्, । उनले भनिन्, कोही कोही लगानीकर्ताको रोजीरोटीको माध्यम नै सेयर बजार हो । मन्त्री, सचिब गभर्नरलगायतले सेयर बजारलाई निरूत्साहित पार्ने अभिव्यक्ति दिँदा, नियामकले सेयर बजार विरूद्धको नीति ल्याइदिँदा सेयर लगानीकर्ताको रोजिरोटी गुमिरहेको आरोप उनको छ ।

अन्तर्राष्ट्रिय परिदृष्य हेर्दा पनि सेयर बजारलाई प्रोत्साहन गरिने आफूले पाएको बताउँदै उनले भनिन्, संसारभर सेयर बजारप्रति सरकार, नियामक सबै सकारात्मक हुन्छन् । नेपालमा पनि सेयर बजार राजस्वको ठूलो स्रोत हो । तपाईंहरूले सकारात्मक नभएर किन अनुत्पादक भन्नु हुन्छ ?

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार