काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। इन्डियन आयल कर्पोरेसनले शुक्रबार पठाएको नयाँ मूल्यसूची अनुसार निगमले मूल्य समायोजन गरेको हो ।
निगमले जारी गरेको विज्ञप्ति अनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ घटेको हो । नयाँ मूल्य शुक्रबार मध्यरातिदेखि लागू हुने निमगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।