26.1 C
Kathmandu

राजनीतिक व्यवस्था फेरिएपनि नागरिकले त्यसको प्रत्याभूति गर्न पाएनन्ः रामकृष्ण चित्रकार, मन्त्री 

काठमाडौं । बाग्मती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले राजनीतिक व्यवस्था फेरिएपनि नागरिकले त्यसको प्रत्याभूति गर्न नपाएको बताएका छन् । नेपाल वितरक संघका २२ औं वार्षिक साधारण सभामा बोल्दै मन्त्री चित्रकारले मुलुक आर्थिक रुपमा अत्यन्तै अप्ठ्यारो अवस्थामा रहेकोले नागरिकले राजनीतिक परवर्तनको अनुभुति गर्न नपाएको बताएका हुन । 

समाजवाद उन्मुख अर्थतन्त्र अङ्गालेको बताउँदै मन्त्री चित्रकारले भने, हामी समृद्धिको सपना बाँढिरहेका छौं । तर आर्थिक भन्दा राजनीतिक मुद्दा प्राथमिकतामा परेको छ । आर्थिक विकासबाट मात्रै समृद्धि सम्भव छ ।

वितरकहरूले उत्पादक र आयातकर्ताबाट उपभोक्तासम्म सामान पुर्याउने काम मात्रै नभएर मुलुक भित्रै रोजगारी सिर्जना गर्ने काम समेत गरेको बताउँदै मन्त्री चित्रकारले यति महत्वपूर्ण पेशाकर्मीलाई सरकारले सहिरुपमा सम्बोधन गर्न नसकेको बताए । उनले भने, बाग्मती सरकार तपाईँहरूसँग हातेमालो गरेर अगाडि बढ्न तयार छ । हामी तपाईँहरूलाई हतोत्साहित बनाउने काम गर्दैनौ ।  

कार्यक्रमका बोल्दै  अध्यक्ष राजेन्द्र सिम्खडाले खाद्यान्न लगायतका सामानको सहज उपलब्धता र मुलुक भित्रै रोजगारीको सिर्जना गरेपनि राज्यबाट खासै सहयोग नपाएको भन्दै गुनासो गरे । उनले भने, हामी मुलुकभर हजारौँको सङ्ख्यामा वितरण व्यवसायी छौं । तर न्यून आम्दानी, समय समयमा फेरिरहने सरकारी नीति र ऐन कानुनको अभावले गर्दा अहिले धेरै व्यवसायीहरू यो पेशाबाट पलायन भएका छन । हामीले स्वदेशमै रोजगारी सिर्जना गरि राज्यलाई ठूलो परिमाणमा राजश्व पनि तिरेका छौं तर हाम्रा समस्या अहिलेसम्म पनि ज्युँका त्युँ छन् । वितरक व्यवसायीका सवलामा सरकार उदासिन देखिएको छ ।

साधारण सभामा उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला, नेपाल उद्योग वाणिज्य महासङ्घका सुरकृष्ण बैद्य, आन्तरिक राजश्व विभागका महानिर्देशक दीर्घराज मैनाली, नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठ, वितरक संघका निर्वतमान अध्यक्ष दुर्गाराज श्रेष्ठ लगायतका वक्ताहरूले साधारण सभाको सफलताका लागि शुभकामना दिएका थिए । 

नेपाल वितरक संघको साधारण सभाले रामहरी घिमिरेको अध्यक्षतामा १४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको प्रथम उपाध्यक्षमा नवराज दाहाल, द्वितीय उपाध्यक्षमा प्रेमहरि मैनाली, महासचिवमा राजु प्रसाद पौडेल, सचिवमा लोकेश्वरमान जोशी, कोषाध्यक्षमा गणेश तिमल्सिना, सह कोषाध्यक्षमा अशोककुमार कँडेललाई चयन गरेको छ । 

त्यसैगरी सदस्यहरूमा दिनेशमणि रिसाल, केशव प्रसाद मैनाली, विनोद अधिकारी, रमेश प्रजापति, भोजप्रसाद फुँयाल र विश्वमणी रेग्मी चयन भएका छन् । द्धितिय उपाध्यक्ष बाहेक सबै उम्मेदवार निर्विरोध निर्वाचित भएको संघले जनाएको छ ।

त्यस्तै मनोनित सदस्यमा राजेश डंगोल, आमन्त्रित सदस्यमा अर्जुन कुमार श्रेष्ठ, किरण कार्कि, निलकण्ठ ढकाल, कपिल रेग्मी, दिपक घिमिरे, सविन श्रेष्ठ, भुवन श्रेष्ठ रामप्रसाद ढकाल, रुकेश महर्जन र फणिन्द्र खड्का रहेको संघले जनाएको छ ।  

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार