29.1 C
Kathmandu

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हालसम्मकै ठूलो परिमाणमा सुन बरामद

काठमाडौँ/ अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार ठूलो परिमाणमा सुन बरामद गरेको छ । विमानस्थलको कार्गो गोदाममा छापा मारेर भन्सार छली ल्याइएका सुन बरामद गरिएको हो ।

स्रोतका अनुसार चीनबाट कार्गो गरी ल्याइएको स्कुटरको पार्टसमा सुन लुकाइएको १६० टुक्रा सुन फेला परेको छ। राजस्व अनुसन्धान विभागले भने सुनको परिणाम कति भन्ने यकिन नभइसकेको बताएको छ। रेडी प्रालिले ८ वटा कार्टुनमा ल्याएको सय पिसभन्दा बढी पार्टसमा सुन राखेको अवस्थामा राजश्व अनुसन्धान विभागले बरामद गरेको हो ।

सुराकीको आधारमा अनुसन्धान विभागले सामान जाँचपास गरेर भन्सार हाताबाट बाहिर ल्याउँदै गरेको अवस्थामा एक भन्सार एजेन्ट र ट्याक्सी चालकसहित सुन बरामद गरेको हो । सुन तस्करीको वास्तविक मालिकको खोजी भइरहेको प्रहरी स्रोतले बतायो । अहिले भन्सार एजेन्ट राजेन्द्रकुमार राई र ट्याक्सी चालकलाई पक्राउ गरिएको छ । सामानसहित ८० देखि १०० किलोसम्म हुनसक्ने अनुमान भने गरिएको छ। स्रोतका अनुसार विमानस्थलबाट तस्करीको सुन हालसम्मकै ठूलो परिमाण हुने अनुमान गरिएको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार