काठमाडौं / सरकार र निजी क्षेत्रबीचको दुरी कम गर्दै उद्यमी व्यवसायी र बैंक, वित्तीय क्षेत्रको मनोवल बढाउने उदेश्यका साथ ‘नेपाल बिजनेस समिट २०२३’ आयोजना हुने भएको छ । संघीय सरकारको उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल ९सीबीफीन० तथा नेपाल बिजनेस इन्स्टिच्युटको संयुक्त आयोजनामा वैशाख २४ मा यो सम्मेलन हुन लगेको हो ।
सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै सम्मेलका बारेमा जानकारि दिइएको हो । सीबीफीनले सम्मेलनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने जनाइको छ। बैंक तथा वित्तीय संस्था परिसंघ नेपालका अध्यक्ष पवनकुमार गोल्यानले उद्योगी, व्यवसायी र बैंक तथा वित्तिय संस्थाले भोग्दै आएका समस्याहरु समाधानका लागि पहल गर्न र वित्तीय संस्थाबारेको भ्रम निवारण गर्न बिजनेस समिट आयोजना गर्न लागिएको बताए ।
नेपाल बिजनेस इन्स्टिच्युटका कार्यकारी अध्यक्ष विशाल गैरेले शिखर सम्मेलनले ठूला उद्योगको संरक्षण, साना, मझौला तथा स्टार्टअप उद्यमलाई प्रोत्साहन गर्ने बताए ।
यो सम्मेलनलाई अर्थमन्त्री डा। प्रकाशशरण महत, विश्व बैंक समूहको इन्टरनेसनल फाइनान्स कर्पाेरेशन ९आईएफसी० का एसिया प्यासिफिक क्षेत्रका भाइस प्रेसिडेन्टका सल्लाहकार कमर सलिम, उद्योगि तथा प्रतिनिधिसभा सदस्य विनोदकुमार चौधरी, अर्थशास्त्री तथा प्रतिनिधिसभा सदस्य डा। स्वर्णिम वाग्ले, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी लगायका वक्ताले सम्बोधन गर्ने आयोजकले बताएका छन् ।