26.1 C
Kathmandu

अमेरिकाको बैंक टाट पल्टियो

काठमाडौँ / अमेरिकाको फर्स्ट रिपब्लिकन बैंक टाट पल्टिएको छ । दुई महिनाको अवधिमा अमेरिकामा बैंक टाट पल्टिएको यो तेश्रो घटना हो । नियमनकारी निकाय फेडेरल डिपोजिट इन्स्युरेन्स कर्पोरेसनले फर्स्ट रिपब्लिकन बैंक टाट पल्टिएको पुष्टि गरेको छ । कर्पोरेसनको मध्यस्थतामा जेपी मोर्गनले सो संकटग्रस्त बैंकलाई स्वामित्व ग्रहण गरेको छ ।

जेपी मोर्गन फर्स्ट रिपब्लिकन बैंकको १ खर्ब ७३ अर्ब अमेरिकी डलरको कर्जा लगानी, ३० अर्ब बचतपत्र साथै ९२ अर्ब अमेरिकी डलरको बचतको टेकओभर गरेको हो । जेपी मोर्गन र कर्पोरेसनबीच यसबाट हुने घाटा दुवैले बेहोर्ने पनि सहमति भएको छ ।

सन फ्रान्सिस्कोमा मुख्यालय रहेको यो बैंकबाट बचतकर्ताहरूले मार्च महिनामा मात्रै १ खर्ब अमेरिकी डलर निकालेका बिउ । यसपछि बैंकको शेयर मूल्य ७५ प्रतिशतले घटेको थियो ।

गत मार्च महिनामा मात्रै अमेरिकाको सिलिकन भ्याली बैंक र सिग्नेचर बैंक टाट पल्टिएको थियो ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार