24.1 C
Kathmandu

हिमालयन हाईड्रो एक्स्पोमा रोबर्टहरूको प्रतिस्पर्धादेखि विज्ञका लगानी टिप्ससम्ममा बहस

काठमाडौ । हिमालयन हाईड्रो एक्स्पोमा रोबर्टहरूको प्रतिस्पर्धादेखि विज्ञका लगानी टिप्ससम्ममा बहससम्म हुने भएको छ । जलविद्युत् क्षेत्रका नविनतम प्रविधि प्रदर्शनीदेखि सरोकारका सवै विषयवस्तुमा बहस छलफल गर्ने गरी शनिबारदेखि हिमालयन हाईड्रो एक्सपो सुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यक्रमस्थल भृकुटीमण्डपमा बिहान ११ः३० बजे एक्सपोको उद्घाटन गर्नुहुने छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिले संयुक्त रुपमा आयोजना गरेको तीन दिने एक्सपोको उद्घाटन पूर्व वृहद विद्युतीय सवारी ¥याली पनि आयोजना हुनेछ । भृकुटी मण्डपबाट शनिबार विहान ७ बजे सुरु हुने ¥याली फर्पिङ जलविद्युत् गृह पुगेर फर्कने छ ।

देशकै सवैभन्दा ठूलो भनिएको हार्डड्रो एक्स्पोमा विभिन्न विषय बस्तुमा तीनै दिन विभिन्न शत्रमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय विज्ञहरुकाबीचमा छलफल हुनेछ । पहिलो दिन शनिबार जलविद्युत् आयोजना निर्माणमा नयाँ प्रविधि, उत्पादित विद्युत्को बजारीकरण तथा यसका समस्या र हरित हाईड्रोजनका विषयमा छलफल हुने आयोजकले जनाएको छ ।

प्रविधि सम्बन्धी शत्रमा भिब्रो सिस्टम क्यानडाका रविशेख दिक्षितले हाईड्रो युनिटको उपयुक्त सञ्चालन तथा मर्मतमा प्रतुति दिनु हुनेछ ।

डा. सिबास्टियन पाल्टले सेडिमेन्ट व्यवस्थापनमा बोल्नु हुनेछ । सिनेटेकका म्यानेजर मनोज भट्टराईले जलविद्युत्को राष्ट्रिय तथा अन्तररष्ट्रिय क्षेत्रमा उपलब्ध नविन प्रविधिबारे चर्चा गर्नुहुनेछ । हरित हाइड्रोजनका सम्बन्धमा ब्रिटिश हाई कमिशन इण्डियाका वरिष्ठ उर्जा सल्लाहकार मिलिण्ड गोडब्लेले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ ।

दोस्रो दिन चैत २० गते आईतबार जलविद्युत् क्षेत्रमा जलवायु परिवर्तन, वातावरणीय तथा सामाजिक विषयवस्तुमथि छलफल हुँदैछ । सोहीदिन नै दोस्रो शत्रमा विद्युतीय सवारी साधान तथा विद्युतीय भन्साको वर्तमान अवस्था र भविश्यका संभावनामा विज्ञहरुले छलफल गर्ने भएका छन् । यो शत्रमा बैकल्पिक ऊर्जा प्रवर्दन केन्द्रका कार्यकारी निर्देशक मधुसुधन अधिकारी, नेपाल विद्युत् प्राधिकरणका सागरमणि ज्ञवाली लगायत सहभागी हुनुहुनेछ ।

तेस्रो शत्रमा जलविद्युत् आयोजनामा वित्तीय तथा अन्य स्रोत व्यवस्थापनका विषयमा विशेष अन्तरकृया गर्ने तय गरिएको आयोजकले जनाएको छ । नेपाल राष्ट्र बैंकका डेप्युटी गभर्नर बमबहादुर मिश्र, बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यान लगायतका व्यक्तित्व उक्त सेसनमा सहभागी हुनुहुनेछ ।

तेस्रो दिन चैत २१ गते सोमबार दुईवटा शत्र तय गरिएको छ । पहिलोशत्रमा नेपालमा विद्युत् उत्पादन र उपभोगका विषयमा सरोकारवाला विज्ञले छलफल गर्नेछन् । सो शत्रमा विद्युत नियमन आयोगका अध्यक्ष दिल्लीबहादुर सिंह, नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक प्रदीप कुमार थिके, प्राध्यापक अमृतमान नकर्मी, हाईड्रो सोलुसन्सका अध्यक्ष ज्ञानेन्द्रलाल प्रधान लगायत सहभागी हुनुहुने तय भएको छ ।

अन्तिम शत्रमा जलविद्युत् क्षेत्रको नीतिगत विषयबस्तुमा छलफल गरिने भएको छ । ऊर्जा जलश्रोत सिँचाईमन्त्री पम्फा भूषालको विशेष उपस्थिति हुने सो शत्रमा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, नेपाली काँग्रेसका महामन्त्री गगन थापा, राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा.कृष्णप्रसाद ओली र उर्जा मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटवाल सहभागी हुनु हुनेछ ।

नेपाली जलविद्युुत्को बजार प्रवद्र्धन भन्ने नाराका साथ आयोजना गरिएको यस हाइड्रो एक्स्पोले नेपालमा उत्पादित बिजुलीको आन्तरिक खपतमा बृद्धि गर्न र बिदेशमा निर्यात गर्न बजारीकरणको ठूलो ज्ञान र सूचना प्राप्त हुने अपेक्षा आयोजककोे छ ।

यस एक्स्पोमा हाइड्रो पावर निर्माता, हाइड्रो पावरका सामान उत्पादक, सप्लायर्स, डिजाइनर्स, कन्सलट्यान्ट, इन्स्योरेन्स कम्पनी, लगानीकर्ता र बैंक/वित्त कम्पनीहरु लगायत सय वटा भन्दा बढी स्टल बुकिङ भइसकेका छन् । जसमा बिदेशी स्टलसमेत रहेका छन । एक्स्पोमा चीन, भारत, क्यानडा, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत, ब्राजिल लगायत मुलुकका कम्पनी तथा सरोकारवालाहरुको सहभागिता रहने छ ।

यस पटकको एक्स्पोमा ऊर्जासँग सम्बन्धित नयाँ प्रविधिका साथै हाइड्रोे पावरमा रोबोटर्सको भूमिका विशेष आकर्षणका रुपमा प्रतुत गरिँदैछ । विश्वकै पहिलो हाइड्रोपावर रोबोटिक कम्पिटिशन हाइड्रोकर्न २.० मा हाइड्रोपावरमा काम लाग्ने रोबोटहरुका साथै टनेल चेकिङ र इन्स्पेक्शन जस्ता काममा समेत सहायता प्रदान गर्ने रोबोटहरुको प्रतिष्पर्धा एक्स्पोमा हुनेछ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार