29.1 C
Kathmandu

कृषि विकास बैंकको सत्रौँ वार्षिक साधारणसभा फागुन ३० मा

काठमाडौ । कृषि विकास बैंकले आफ्नो सत्रौँ वार्षिक साधारणसभा आह्वान गरेको छ। बैंक सोमबार (फागुन ७ गते) बसेको सञ्चालक समितीको बैठकले वार्षिक साधारणसभा यही फागुन ३० गते भक्तपुरको बोडेस्थित बैंकको केन्द्रीय तालिम केन्द्रमा बिहान ११ बजेबाट गर्ने तय गरेको हो।

बैकको सूचना  अनुसार  साधारणसभामा  गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। यसका साथै बैंकका सहायक कम्पनीहरु कोष व्यवस्थापन कम्पनी लिमिटेड तथा  तथा गोबर ग्याँस कम्पनीको आर्थिक वर्ष २०८०/८१ को एकीकृत वित्तीय विवरण पनि सभाले स्वीकृत गर्नेछ। साथै साधारण सभालले चालु आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक र सेवाशर्त तोक्ने प्रस्ताव पारित गर्नेछ।

सभाले प्रबन्धपत्र तथा नियमावलीमा प्रचलित कानुन बमोजिम संशोधन गर्नुपर्ने भएमा वा नियमनकारी नियकाबाट संशोधन गर्न निर्देशन भएमा आवश्यकतानुसार सोमा थपघट, परिमार्जन तथा संशोधनका लागि सञ्चालन समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव राख्ने निर्णय गरेको छ।

बैंकले फागुन १७ गतेदेखि फागुन ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। फागुन १७ गतेभन्दा अघिसम्म कायम सेयरधनीहरुमात्रै  बैंकको वार्षिक साधारणसभा भाग लिन पाउनेछन्।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार