26.1 C
Kathmandu

निर्देशन उल्लंघन गरेको आरोपमा ५ वटा बाणिज्य बैंकलाई राष्ट्र बैंकले गर्‍यो कारबाही

काठमाडौँ — शंकास्पद पैसा ओसारपसार गरेको आरोपमा प्रहरी हिरासतमा रहेका अछामका पृथ्वीबहादुर शाह, उनका निकटतम व्यक्ति र संस्थाको रोक्का रहेको बैंक खाताबाट रकम निकाल्न अनुमति दिने र खाता खोल्ने ५ वाणिज्य बैंकलाई राष्ट्र बैंकले कारबाही गरेको छ ।

कुमारी, प्राइम, प्रभु र बीओकेलाई सचेतसहित प्रत्येकलाई ५० लाख रुपैयाँका दरले नगद जरिवाना गरिएको छ । त्यसैगरी खाता रोक्का राख्न निर्देशन दिएपछि पनि नयाँ खाता खोलेको भन्दै नबिल बैंकलाई भने राष्ट्र बैंकले सचेत गराएको छ ।

सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा जारी निर्देशन उल्लंघन गरेको आरोपमा राष्ट्र बैंकले कुमारी बैंक, प्राइम कमर्सियल बैंक, प्रभु बैंक, साविकको बैंक अफ काठमान्डू (बीओके) र नबिल बैंकलाई कारबाही गरेको छ ।

गत पुस ५ मा बसेको सञ्चालक समिति बैठकले ती बैंकहरूलाई कारबाही गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा राष्ट्र बैंकले गत पुस २२ मा सम्बन्धित बैंकलाई कारबाहीको पत्र थमाएको थियो ।
अमेरिकाको सरकारी निकाय फाइनान्सियल क्राइम इन्फोर्समेन्ट नेटवर्क ९फिनसेन० ले शाहका नाममा अवैध रकम आएको जानकारी राष्ट्र बैंकको वित्तीय जानकारी इकाइ ९एफआईयू० लाई दिएपछि नेपालमा अनुसन्धान सुरु भएको थियो ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार