काठमाडौँ — प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः अशोक शेरचन नियुक्त भएका छन् । शेरचन यसअघि पनि दुई कार्यकाल सीईओ भइसकेका छन् ।
बिहीबार बसेको सञ्चालक समिति बैठकले उनलाई सीईओमा नियुक्त गरेको हो । उनलाई पुनः चारवर्षे कार्यकालका लागि पुनः नियुक्त गरिएको हो ।
नवनियुक्त सीईओ शेरचनले संक्षिप्त प्रतिक्रिया दिँदै ग्राहक, सेयरधनी र अर्थतन्त्रलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् ।