26.1 C
Kathmandu

सेञ्चुरीको दुई नयाँ शाखाको सुरुवात

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा दुई वटा नयाँ शाखा विस्तार गरेको छ । यो बैंकले जेठ १७ गतेदेखि मोरङ्गाकोे पथरीमा र सुनसरीकोे इनरुवामा नयाँ शाखा सुरु गरेको हो ।

पथरी शाखा बैंकका संचालक समिति सदस्य मनबहादुर राई र पथरी शनिश्चरे नगरपालिकाको मेयर मोहनप्रसाद तुम्वापोले संयक्त रुपमा समुद्घाटन गरे ।

इनरुवा शाखाको बैंकका संचालक समिति सदस्य अभिषेक बर्जचार्य र इनरुवा नगरपालिकाको मेयर केदार भण्डारी संयुक्त रुपमा समुद्घाटन गरे ।

यो बैंकले ९२ अर्ब ९६ करोड निक्षेप संकलन र कर्जा ८९ अर्ब ६५ करोड कर्जा प्रदान गरी १ अर्ब १ करोड ५६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । उक्त मुनाफा गत वर्षको सोही अवधिको तुलनामा १८३.५९ प्रतिशतले बढी भएको बैंकले जानकारी दिएको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार