काठमाडौं ।/ नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष रमेशकुमार हमालले पद तथा गोपनीयताको सपथ लिएका छन् । अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार बोर्डका नवनियुक्त अध्यक्ष हमाललाई शपथ ग्रहण गराएका हुन् ।
सपथ ग्रहणको क्रममा अर्थमन्त्री शर्माले पूँजी बजारलाई सुधारका लागि कसैको प्रभावमा नपरी स्वतन्त्र भएर काम गर्न हमालसँग आग्रह गरे ।